site stats
बाह्रखरी :: Baahrakhari
खेल
दश खेलाडीमा सीमित मनाङसँग हिमालयन शेर्पा पराजित

काठमाडौं । दश खेलाडीमा सीमित मनाङ मर्स्याङ्दी क्लबले एन्फा यू–१६ युथ लिगमा हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । शुक्रबार मनाङले हिमालयनलाई ४–२ ले पराजित गरेको हो  । 

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा मनाङलाई जित दिलाउन प्रकाश सिंहले दुई गोल गरे । त्यसैगरी, रोहन थापामगर र सन्देश तामाङले पनि समान एक गोल गरे । जवाफमा हिमालय शेर्पाका जेनिल सुब्बा र सांगे शेर्पाले समान एक गोल फर्काए ।

खेलको २२औँ मिनेटमा मनाङका रोहनले टोलीलाई अग्रता दिलाए । यसको चार मिनेटपछि, २६औँ मिनेटमा मनाङका प्रकाशले अग्रतालाई दोब्बर बनाए । २८औँ मिनेटपछि प्रकाशले दाहारो गोल गर्दै अग्रतालाई ३–० को अवस्थामा लगे । 

पहिलो हाफको इन्जुरी समयमा हिमालयनका जेनील सुब्बाले एक गोल फर्काएपछि टोली १–२ को अवस्थामा आयो । 

७४औँ मिनेटमा मनाङका प्रकाशले रातो कार्ड दर्शन गरेपछि टोली दश खेलाडीमा सीमित भएको थियो । 

८१औँ मिनेटमा मनाङका सन्देशले अग्रतामा एक गोल थपे ।

खेलको इन्जुरी समयमा हिमालयनका सांगेले गोल गर्दै टोलीलाई २–४ को अवस्थामा ल्याए । 

यो नतिजासँगै मनाङले लिगमा १७ अंक बनाएको छ । मनाङले आठ खेल खेल्दा पाँच जित, दुई बराबरी र एक हारबाट १७ अंक बनाएको हो । उसले अब नवौँ खेलमा जावलाखेल युथ क्लबविरुद्ध खेल्नेछ  । खेल आउँदो सोमबार (साउन १२ गते) दिउँसो १ हुनेछ । 

पराजित हिमालयन शेर्पाले भने नवौँ खेलमा सातदोबाटो युथ क्लबविरुद्ध खेल्नेछ । खेल आउँदो सोमबार (साउन १२ गते) दिउँसो ४ बजे हुनेछ । 

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १९:२५
प्रतिक्रिया दिनुहोस्