site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गोपाल पाँडे असीम पुरस्कार उप्रेतीलाई

काठमाडौं । नेपाली शिक्षा परिषद्ले २०८२ सालको ‘गोपाल पाँडे असीम पुरस्कार’ कृति लेखन तथा विभिन्न रचनात्मक क्रियाकलापद्वारा नेपाली भाषाको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउने साहित्यकार लक्ष्मी उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

परिषद्की अध्यक्ष रमा शर्माको सभापतित्वमा हालै बसेको प्रबन्ध समितिको बैठकबाट उक्त निर्णय गरिएको हो । पुरस्कारका साथ नगद राशि ५० हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष शर्माले जानकारी दिइन् ।

परिषद्ले उक्त पुरस्कार ०५० सालदेखि प्रत्येक वर्ष प्रदान गर्दै आएको छ । घोषित पुरस्कार यही साउन ३१ गते प्रदान गरिने परिषद्ले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  २०:५२
प्रतिक्रिया दिनुहोस्