
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको महाधिवेशन ०८३ को मंसिरसम्म भइसक्ने बताएका छन् । आइतबार (साउन ११) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यसमितिको चारवर्षे कार्यकाल आउँदो मंसिरमा सकिने उनले उल्लेख गरे । एक वर्ष थप्न सकिने प्रावधानानुसार अघि बढ्ने देखिएको उनले बताए ।
उनले कांग्रेसको महाधिवेशन पाँच वर्षमै हुने गरेको सुनाए । हाल क्रियाशील सदस्यता टुंगिन बाँकी रहेको उनले बताए । सदस्यता नै टुंगो नलागिसकेको अवस्थामा महाधिवेशन हुन सम्भव नरहेको उनले स्पष्ट पारे ।
“क्रियाशील सदस्यता नवीकरण टुंगिसकेको छैन । असोज मसान्त तोकेको छ । सदस्यता नवीकरण नै असोज मसान्तसम्म भनेपछि कहाँबाट मंसिरमा हुन्छ महाधिवेशन ? ०८३ सालको दसैँअघि वा दसैँपछि पुग्न सक्छ,” उनले भने, “तर, मंसिरभन्दा टाढा लैजानु हुँदैन ।” न्युज एजेनसी नेपाल