अर्थ व्यवसाय

काठमाडौं । सिद्धार्थ बैंक र सारंग हेल्थ केयरबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ ।
ललितपुरस्थित सारंग हेल्थ केयरमा बैंकका ग्राहकले अब बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी क्लिनिकल सेवाको भुक्तानी गर्दा ५ प्रतिशतसम्मको छुट पाउनेछन् । त्यस्तै, ल्याब सेवामा १० प्रतिशतसम्मको छुट पाउनेछन् ।
सम्झौताले ग्राहकहलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ११, २०८२ १८:२२
प्रतिक्रिया दिनुहोस्