
काठमाडौं । नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्न सुझाएको छ ।
एमालेको साउन ५ र ६ गतेको केन्द्रीय कमिटी बैठकको निर्णय समेटेर जारी गरेको अपानिमा सिंगो राष्ट्रको नेता भएको व्यक्तिलाई एमालेले कार्यकर्ता बनाउन नहुने उल्लेख छ ।
"सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नु पर्दछ । सक्रिय राजनीतिमा आउनु हुन्न । सिंगै राष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा (एमाले)ले कार्यकर्ता बनाउनु हुँदैन । अध्यक्ष भए पनि कार्यकर्ता हो । यहाँ आउनु हुँदैन । पूर्वराष्ट्रपति सम्मानपूर्वक राष्ट्रको गणतन्त्रको गौरव भएर बस्नुहोस् । उहाँ राष्ट्रको गहना हो । हाम्रो पनि गहना हो," अपानिमा भनिएको छ, "उहाँको सदस्यता नवीकरणको प्रक्रिया मिलेन, सदर हुँदैन । विधानको धारा ८ अनुसार हुन्छ ।"
हेर्नुहोस् अपानि