site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य ६०० रुपैयाँले घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज ६०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पाँच रुपैयाँ बढेर प्रतितोला दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी दुई हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  ११:२८
प्रतिक्रिया दिनुहोस्