site stats
बाह्रखरी :: Baahrakhari
खेल
फेलिक्स साउदी अरेबियन क्लब अल–नासरमा अनुबन्धित

काठमाडौं । पोर्चुगलका फरवार्ड जाओ फेलिक्स साउदी प्रो लिगको क्लब अल–नासरमा अनुबन्धित भएका छन् । २५ वर्षीय फेलिक्स इंग्लिस क्लबबाट पोर्चुगलका सहकर्मी क्रिस्टियानो रोनाल्डोलाई पछ्याउँदै अल–नासर पुगेका हुन् । 

नासरले फेलिक्ससँग सन् २०२७ सम्मको सम्झौता गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फेलिक्सको अनुबन्धमा अल–नासरले करिब ४४ मिलियन डलर खर्चिएको छ । 

“म यहाँ माया बाढ्न आएको हुँ । हामी अब एकसाथ जित्नेछौँ,” अल–नासरले जारी गरेको भिडियोमा फेलिक्सले भनेका छन् ।

उनी सन् २०१९ मा पोर्चुगिच क्लब बेन्फिका १४७ मिलियन डलरमा स्पेनिस क्लब एट्लेटिको मड्रिड अनुबन्धित भएका थिए । उनले चेल्सीमा रहँदा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब एसी मिलानबाट लोनमा समेत खेलेका थिए ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्