site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाको निष्कर्ष : भिजिट भिसाको आवरणमा भ्रष्टाचार र बेथिति मौलायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको छ । 

रुपन्देहीको भैरहवामा बुधबार बसेको रास्वपा संसदीय दलको बैठकले भिजिट भिसाको आवरणमा भ्रष्टाचार र बेथिति मौलाएको निष्कर्ष निकाल्दै संसदीय छानबिन समिति गठन नभएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

बैठकले सदनमा जारी आन्दोलनलाई फराकिलो बनाउँदै सडकबाट समेत आन्दोलन गर्ने निर्णय गरेको उनले बताए ।

यस्तै, बैठकले भूमि, निजामती, शिक्षा लगायतका विधेयकमाथि संसद्को क्षेत्राधिकारलाई तोडेर आक्रमण भएको भन्दै सदनमा सशक्त भएर आवाज उठाउन समेत सांसदहरूलाई निर्देशन दिइएको परियारले जानकारी दिए । 

बैठकले लुम्बिनी प्रदेशका जनताले भोग्नुपरेका समस्या, लुम्बिनीको पर्यटन क्षेत्रमा देखापरेका अफ्ठ्यारा लगायतका विषयलाई सदनमा लैजाने निर्णय गरेको छ । त्यस्तै, प्रवासी नेपालीहरूको मताधिकारको व्यवस्थाको कार्यान्वयनका लागि समेत सरकारसँग माग गरेको छ । 

 

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १९:२९
प्रतिक्रिया दिनुहोस्