
काठमाडौं । इंग्लिस क्लब आर्सनलका स्ट्राइकर भिक्टर ग्योकेरेसले आफूले आर्सनलमा छुट्टै पहिचान बनाउने चाहेको बताएका छन् ।
आर्सनलले ग्योकेरेसलाई क्लबका पूर्वचर्चित खेलाडी थिएरी हेनरीको १४ नम्बर जर्सी दिएको थियो । हेनरीको जर्सी नम्बर पाएपछि ग्योकेरेसलाई उनैसँग तुलना समेत गर्न थालिएको छ ।
ग्याकेरेसले भने हेनरीसँगको तुलनालाई चासो नदिएको बताएका छन् । क्लबमा छुट्टै पहिचान बनाउन चाहेको उनको भनाइ छ ।
“म क्लब र हेनरीको इतिहासलाई लिएर जानकार छु । हेनरीले आफ्नो करियरमा हासिल गरेको उपलब्धिसँग तुलना हुनु मेरो चाहना हैन । म यहाँ मेरो बेग्लै परिचय बनाउन चाहन्छु,” सञ्चारकर्मीसँग ग्योकेरेसले भने ।
गएको शनिबार आर्सनलले ग्योकेरेससँग पाँच वर्षको सम्झौता गरेको थियो । क्लबले ग्योकेरेसको अनुबन्ध रकमबारे खुलाएको छैन । बेलायतका स्थानीय सञ्चारमाध्यमले भने आर्सनलले उनलाई ६३.५ मिलियन युरोमा अनुबन्ध गरेको जनाएका छन् ।