अर्थ व्यवसाय

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंकलाई सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बैंकले १:१ को अनुपात आर्थात् हाल कायम चुक्तापुँजी २६ करोड २४ लाख ६७ हजार रुपैयाँबराबरकै हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । हकप्रद बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ ।
हकप्रद सेयर निष्कासनको हल्ला चलाएर बैंकको सेयर मूल्य दुई हजारभन्दा माथिसम्म पुर्याइएको थियो । तर, हकप्रद सेयरको लोभमा महँगोमा सेयर किन्नेहरूको पैसा उल्टै घट्छ ।
हकप्रद सेयरले बजारका कम्पनीको सप्लाई बढाउँछ । किन्ने मान्छे नहुँदा कम्पनीको मूल्य हालसम्मकै न्यून हुन पनि सक्छ ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२ २१:२७
प्रतिक्रिया दिनुहोस्