site stats
बाह्रखरी :: Baahrakhari
खेल
भारतीय फुटबल टिमको मुख्य प्रशिक्षकमा खालिद जमिल नियुक्त

काठमाडौं । भारतीय राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा खालिद जमिल नियुक्त भएका छन् । 

अखिल भारतीय फुटबल संघ (एआईएफएफ)ले शुक्रबार जमिललाई मुख्य प्रशिक्षकको रुपमा सार्वजनिक गरेको हो । सन् २०११/१२ पछि जमिल भारतीय टिमको प्रशिक्षण सम्हाल्ने पहिलो भारतीय प्रशिक्षक हुन् । 

उनी मानोलो माक्र्वेजको स्थानमा आएका हुन् । यसअघि माक्र्वेजले गत महिना आफ्नो एक वर्षे कार्यकालपछि राजीनामा बुझाएका थिए ।

जमिलको जन्म कुवेतमा भए पनि उनले खेलाडी र प्रशिक्षक दुवैको रुपमा भारतीय लिगको उपाधि जितेका छन् । उनले सन् २००५ मा महिन्द्रा युनाइटेडबाट खेलाडीको रुपमा भारतीय शीर्ष डिभिजनको उपाधि जितेका थिए । सन् २०१७ मा आइजवल एफसीबाट प्रशिक्षकको रुपमा यो उपाधि जितेका थिए ।

४९ वर्षीय जमिलसँग एएफसी प्रो लाइसेन्स छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १४:१८
प्रतिक्रिया दिनुहोस्