site stats
बाह्रखरी :: Baahrakhari
देश
ताप्लेजुङको भाइको हत्या आरोपमा पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । ताप्लेजुङमा हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठराई त्रिवेणी गाउँपालिका–४, आहालेका २२ वर्षीय मनकुमार विक छन् ।

आफ्नै भाइ २० वर्षीय रोशन विकको हत्या गरेको उनीमाथि आरोप छ । शुक्रबार (साउन १७) राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

घरायसी विषयमा मनकुमारले खुकुरी प्रहार गर्दा रोशनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्