site stats
बाह्रखरी :: Baahrakhari
देश
बझाङमा बउलीगाड नदी सतर्कता तह पार, बाढीपहिरोको जोखिम
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बझाङमा बउलीगाड नदीमा आइतबार (साउन १८) बिहान बाढी आएको छ । बउलीगाडको जलसतह सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नदीतटीय क्षेत्रमा बाढी र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

“साउन १८ गते, बिहान ०७ः३० बजे । बझाङ जिल्लास्थित बउलीगाड नदी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेकोले नदीतटीय क्षेत्रमा बाढीको र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिखम रहेकोले आवश्यक सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।

ydsangh-1754187051.jpg
 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  ०७:५५
प्रतिक्रिया दिनुहोस्