site stats
बाह्रखरी :: Baahrakhari
देश
यी सात स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । वर्षासँगै बाढीपहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध छ । कोसी, सहिद राजमार्गलगायत सडक अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हुल्लामा कर्णाली करिडोर अवरुद्ध छ । सर्केगाड गाउँपालिका–१, खच्चामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

आइतबार (साउन १८) बिहान करिब साढे ६ बजे उक्त स्थानमा पहिरो खसेको हो । वर्षासँगै पहिरोका कारण कर्णाली करिडोर पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जाजरकोटमा पनि सडक अवरुद्ध छ । अविरल वर्षापश्चात् नलगाड नगरपालिका–११, चौखाखोलामा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यसबाहेक संखुवासभा, रसुवा, रोल्पा र रुकुम पश्चिममा पनि कुनै ठाउँमा सडकखण्ड यसअघिदेखि अवरुद्ध छ ।

आइतबार मध्याह्न १२ बजेसम्मको अपडेटमा केही सडकमा एकतर्फी सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

अवरुद्ध सडकको सूची हेर्नोस्–

fasgm-1754205098.jpg
 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १२:५७
प्रतिक्रिया दिनुहोस्