site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कति छ आज अमेरिकी डलरको मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । 
    
युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६३ पैसा, यूके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४० पैसा, स्वीस फ्रयांक एकको खरिददर १७३ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५९ पैसा कायम गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५३  पैसा र बिक्रीदर ९० रुपैयाँ ९२ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ८१  पैसा निर्धारण गरिएको छ । सिंगापुर डलर एकको खरिददर १०८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९२ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा तोकेको छ । 

साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४० पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३० पैसा र बिक्रीदर चार रुपैयाँ ३२ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा तोकिएको छ । 

मलेसियन रिंगेट एकको खरिददर ३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा कायम गरिएको छ । 

स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४ रुपैयाँ ५५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७० पैसा र बिक्रीदर २१ रुपैयाँ ७९ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७ रुपैयाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ३३ पैसा तोकेको छ । 

बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ३३ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैयाँ ०२ पैसा र विक्रीदर ३६४ रुपैयाँ ५८ पैसा रहेको छ । 

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  ०६:००
प्रतिक्रिया दिनुहोस्