site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमएमए फाइटर रवीन्द्र ढाँटलाई राष्ट्रपतिको बधाई
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले 'म्याट्रिक्स फाइटर नाइट–१७'मा बान्टमवेट च्याम्पियन रवीन्द्र ढाँटलाई बधाई दिएका छन् । आज राष्ट्रपति पौडेलले मिक्स मार्सल आर्ट (एमएमए)फाइटर रवीन्द्रलाई बधाई दिएका हुन् ।

“नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट भारतमा भएको म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) मा बान्टमवेट च्याम्पियनसिप उपाधि जित्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु,” राष्ट्रपति पौडेलले भनेका छन् । 

गत शनिबार राति रवीन्द्रले भारतका चुनरेङ कोरेनलाई हराएर उपाधि जितेका थिए ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  ११:४५
प्रतिक्रिया दिनुहोस्