site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बहुविवाहबारे बरालले भनिन्– असामाजिक र गैरकानुनी विषय, कानुनमन्त्री जवाफ दिनोस्

काठमाडौं । नेकपा (एमाले)की सांसद सुनीता बरालले बहुविवाह असामाजिक र गैरकानुनी विषय भएको भन्दै कानुन मन्त्रालय र मन्त्रीको ध्यानाकर्षण गराएकी छन् । सोमबार (साउन १९) प्रतिनिधिसभा बैठकको विषेश समयमा उनले केही दिनयता बहुविवाहलाई मान्यता दिने गरी कानुन संशोधन गर्न लागिएको भन्दै प्रकाशित समाचारले समाजलाई उद्धेृलित पारिरहेको बताइन् । 

“केही दिनयता विभिन्न सञ्चारमाध्यममा विभिन्न समुदाय, संस्था र व्यक्तिहरूमा बहस भइरहेको विषय । अपराध संहितासँग जोडिएर कानुन निर्माण भइरहेको र त्यहाँ बहुविवाहलाई स्वीकृति प्रदान गर्ने आशयको सन्देश प्रवाह भइरहेको छ,” एमाले सचेतक समेत रहेकी बरालले भनिन्, “जुन कुरा के हो भन्ने कुरा सामाजिक रूपमा हरेक व्यक्तिको चिन्ता, चासो र सरोकारको विषय भइरहेको छ ।”

उनले यो विषयमा के भइरहेको भन्ने बारेमा जवाफ माग गरिन् । “कानुनी रूपमा असाध्यै संवेदनशील र मानवीय रूपमा असाध्यै गाम्भीर्य विषयहरूमा कानुनको संशोधन हुँदा, निर्माण हुँदा र कानुन निर्माणका प्रक्रियामा अगाडि बढ्दा संवेदनशील हुन र सामाजिक रूपमा उठेका यस्ता विषयमा ध्यानाकर्षण गराउँदै अहिले उठिरहेको बहुविवाहको विषय के हो र यति गम्भीर विषयहरू कसरी बाहिर आए कानुनमन्त्रीलाई जवाफ दिन अनुरोध गर्दछु ।”

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १४:२९
प्रतिक्रिया दिनुहोस्