site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विप्लवको पार्टीसित एकता गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गर्ने भएको छ । सोमबार (साउन १९) पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट उक्त पार्टीसँग एकता गर्ने निर्णय गरिएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले नेकपासँग एकताका निम्ति वार्ता गर्ने निर्णय गरिएको बताए । बैठकमा आन्तरिक पार्टी संगठनात्मक विषयमा पनि छलफल गरिएको उनले जानकारी दिए ।

“विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय भएको छ । छिटै वार्ता सम्पन्न गर्ने समिति बनाएर भन्ने निर्णय भएको छ,” उनले भने, “आन्तरिक पार्टी संगठनात्मक विषयहरूमा पनि स्तरीय छलफल भएको छ ।”

प्रवक्ता सापकोटाले समसामयिक राजनीतिका बारेमा पनि बैठकमा छलफल गरिएको बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १६:४६
प्रतिक्रिया दिनुहोस्