site stats
बाह्रखरी :: Baahrakhari
खेल
हिमालयनविरुद्ध साविक विजेता चर्च ब्वाइजको सहज जित

काठमाडौं । साविक विजेता चर्च ब्वाइज युनाइटेडले एन्फा यू–१६ युथ लिगमा हिमालयन शेर्पा क्लबविरुद्ध २–० को सहज जित निकालेको छ । 

सातदोबाटोस्थित एन्फा मुख्यालयमा मंगलबार सम्पन्न खेलमा चर्च ब्वाइजलाई जित दिलाउन टोलीका सुशन थापामगर र सुनिल डंगोलले समान एक गोल गरे । चर्च ब्वाइजले दुवै गोल दोस्रो हाफमा गरेको हो । खेलको ४९औँ मिनेटमा सुशनले चर्च ब्वाइजलाई अग्रता दिलाए । ८०औँ मिनेटमा सुनिलले अग्रतालाई दोब्बर बनाए । 

जितसँगै चर्च ब्वाइजले लिगमा २० अंक बनाएको छ । चर्च ब्वाइजले ११ खेल खेल्दा ६ जित, दुई बराबरी र तीन हारबाट यो नतिजा आत्मसात गरेको हो । उसले अब १२औँ खेलमा जावलाखेल युथ क्लबसँग खेल्नेछ । खेल बिहीबार (साउन २२ गते) दिउँसो ४ बजे सुरु हुनेछ । 

पराजित हिमालयन भने १४ अंकमा सीमित छ । उसले अब १२औँ खेल विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ । खेल बिहीबार (साउन २२ गते) बिहान १० बजे हुने तालिका छ ।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्