site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाले माग्यो रामहरि खतिवडाको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ । बुधबार (साउन २१) प्रतिनिधिसभा बैठकमा सांसद मनिष झाले सभापति खतिवडाको राजीनामा मागेका हुन् ।

संघीय निजामती विधेयकमा कर्मचारीको ‘कुलिङ अफ पिरियड’माथिको छलछामको नैतिक र राजनीतिक जिम्मेवार खतिवडा रहेको निष्कर्षसहित प्रतिवेदन बुझाइएको थियो । त्यसपछि उनको राजीनामा मागिएको हो ।

उनले सभापति खतिवडाले नैतिक आधारमा पदमा रहन नमिल्ने तर्क गरे । “कर्मचारीको कुलिङ अफ पिरियडको विषयमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिज्यूमाथि नैतिक प्रश्न उठेको छ । छापाखानाहरूमा यस्तै समाचार आउँदै गर्दा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो, अब उहाँलाई नैतिक प्रश्न– यो नालायकीपनको जवाफ कसले दिने ? यसको जिम्मेवारीपनको जवाफ कसले दिने ?”

उनले थप प्रश्न गरे, “मेरो नाम लेखेको छैन भन्दैमा उम्किन पाइन्छ ? अहिलेको प्रधानमन्त्री भनेपछि हामी कसको नाम सम्झिन्छौँ ? यहाँ पदको नाम लेखिएको छ नि !”

भाषा आयोगमा नियुक्ति खाने व्यक्ति मन्त्रिपरिषद्ले नियुक्त गरेका अधिकारी नभएको भन्दै सांसद झाले सरकारको ध्यानाकर्षण गराए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १४:११
प्रतिक्रिया दिनुहोस्