देश

काठमाडौं । ललितपुरमा एक किशोरीको मृत्यु भएको छ । बुधबार (साउन २१) केटा साथीको घर गएकी महालक्ष्मी नगरपालिका–३, बोझेपोखरीकी १८ वर्षीया किशोरीको मृत्यु भएको हो ।
उनी केटा साथीको घरमा रहेका बेला बेहोस भएकी थिइन् । उपचारका निम्ति ग्वार्कोस्थित किस्ट अस्पताल लैजाँदा गर्दा बुधबार बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
किशोरीका ती साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको शव पाटन अस्पतालमा पोस्टमार्टम गरिँदै छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२ १३:४०
प्रतिक्रिया दिनुहोस्