site stats
बाह्रखरी :: Baahrakhari
खेल
दशौँ राष्ट्रिय खेलकुदको मिति नसार्ने गरी तोक्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अब नसार्ने गरी तोक्न संघ सरकारलाई आग्रह गरेका छन् । 

प्रतियोगिताबारे परामर्श गर्न बिहीबार (साउन २२) सुर्खेत आएका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसँगको छलफलमा उनले पटक–पटक मिति तोक्ने तर खेलकुद नगरिँदा नकारात्मक सन्देश गएको भन्दै अब त्यस्तो नगर्न आग्रह गरे ।

“कर्णालीमा खेलकुद गर्ने विषयमा हाम्रो तर्फबाट हामी प्रतिबद्व छौँ र त्यहीअनुसार तयारी पनि गरिरहेका छौँ । तर, आयोजक तपाईंहरू हो, अब पनि मिति तोक्दै खेल नहुने हो भने अहिले नै विचार गरेर मिति तोक्नुहोला,” मुख्यमन्त्री कँडेलले भने ।

मिति तोक्दा संघ र प्रदेशको जिममेवारीसहित स्पष्ट तालिका बनाउन समेत उनले आग्रह गरे ।

उनले प्रतियोगिताका निम्ति यसअघि गठन गरिएका उपसमितिप्रति असन्तुष्टि जनाए । 

मन्त्री चौधरीले प्रतियोगिता गर्न अब मिति नसार्ने गरी तयारी भइरहेको भन्दै ढुक्क हुन आग्रह गरे ।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १८:५०
प्रतिक्रिया दिनुहोस्