
काठमाडौं । फ्रान्स फुटबलले प्रदान गर्ने बालोन डी’ओरको मनोनयनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का नौ खेलाडी परेका छन् । फ्रान्स फुटबलले बिहीबार सार्वजनिक गरेको मनोनयन सूचीमा पीएसजीका प्रशिक्षक लुइस एनरिकेसँगै नौ खेलाडी अटाएका हुन् ।
३० जनाको मनोनयनमा पीएसजीका गोलकिपर जियानलुइगी डोनारुम्मासँगै ओस्मान डेम्बेले, डिजायर डोउ, अक्रफ हाकिमी, खभिचा काभारात्खेलिया, नुनो मेन्डिस, जाओ नाभेस, फाभियन रुइज र भिटिन्हा छन् ।
मनोनयनमा परेका अन्य खेलाडीमा बार्सिलोनाका राफिन्हा, लिभरपुलका मोहम्मद सालाह, म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड पनि छन् । यस्तै, इटालियन सिरी ‘ए’का उत्कृष्ट खेलाडी चुनिएका नापोलीका स्कट म्याटोमिने पनि मनोनयनमा परेका छन् ।
यसैगरी, लामिन यमल, जुड बेलिंघम, डेन्जेल डम्फ्रिज, सेर्होउ गुइरासी, भिक्टर ग्याकोरेस, ह्यारी केन, रोबर्ट लेवान्डोस्की, एलेक्सिस म्याक एलिस्टर, लौटारो मार्टिनेज, किलियन एमबाप्पे, माइकल ओलिसे, कोल पाल्मेर, डेक्लान राइस, फाबियन रुइज, भर्जिल भान डाइक, भिनिसियस जुनियर र फ्लोरियन रिट्ज छन् ।