site stats
बाह्रखरी :: Baahrakhari
खेल
अहिले नै काठमाडौं गोर्खाजको नतिजाबारे बोल्दा हतार हुन्छ : मोन्टी देसाई

काठमाडौं । काठमाडौं गोर्खाजका प्रशिक्षक मोन्टी देसाईले नेपाली क्रिकेटमा फरक ढंगले काम गर्न पाउँदा उत्साहित रहेको बताएका छन् । बिहीबार नेपाल आइपुगेका देसाईले अहिले नै यस सिजनको एनपिएलको नतिजाबारे बोल्दा हतार हुने बताए ।

नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षकसमेत रहेका देसाईलाई काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणका लागि मुख्यप्रशिक्षक नियुक्त गरेको छ ।

दसाईले काठमाडौं गोर्खाज पछिल्लो सिजन पाँचौँ स्थानमा रहेको र यसपल्ट अझै राम्रो टोली बन्ने विश्वास व्यक्त गरे । उनले आगामी मिनी अक्सनमा धेरै खेलाडीलाई हेर्न उत्साहित पनि रहेको बताए ।

करण केसी र अन्य राम्रो खेलाडी रहेको र अन्य राम्रो खेलाडी पनि टोलीमा आबद्ध गराउने उनको लक्ष्य छ । नेपाली टोलीका ब्याटरलाई अक्सनबाट ल्याउने लक्ष्य रहेको उनले उल्लेख गरे । उनले बलिङ डिपार्टमेन्टमा काठमाडौं गोर्खाज राम्रो रहेको पनि बताए ।

एनपीएलको दोस्रो संस्करणका लागि शनिबार मिनी अक्सन हुँदै छ । काठमाडौंले एनपिएलको दोस्रो संस्करणका लागि मार्कीमा करण केसीसहित भीम सार्की, शाहव आलम, रसिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई निरन्तरता दिएको छ ।

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  २१:५७
प्रतिक्रिया दिनुहोस्