site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभाको बैठक बस्दै, के छ कार्यसूची ?
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान सवा ११ बजेका लागि बोलाइएको छ । 

बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रबारे जानकारी गराउने, प्रधानमन्त्री केपी शर्मा ओलीले “महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ । 

विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभामा पेस गर्ने सम्भावित कार्यसूची छ । 

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  ०५:५९
प्रतिक्रिया दिनुहोस्