site stats
बाह्रखरी :: Baahrakhari
खेल
पहिलो जितको खोजीमा नेपाल

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले आज साउदी अरेबियासँग खेल्दै छ । नेपालले शुक्रबार छनोटको समूह चरणअन्तर्गत साउदी अरेबियासँग प्रतिस्पर्धा गर्न लागेको हो । 

खेल नेपाली समयानुसार, भुटानको थिमपुस्थित चिङलीमिथाङ रंगशालामा दिउँसो १:४५ बजे हुनेछ । 

यसअघि, पहिलो खेलमा नेपालले भुटानसँग १–१ को बराबरी खेलेको थियो । 

समूहमा उत्तर कोरिया शीर्ष स्थानमा छ । उसले पहिलो खेलमा साउदी अरेबियालाई १५–० ले पराजित गर्दै पहिलो तीन अंक दर्ता गरेको थियो । नेपाल र भुटानले भने समान एक–एक अंक बनाएका छन् । 

समूहमा नेपालसँगै उत्तर कोरिया, भुटान र साउदी अरेबिया छन् । छनोट चरणमा प्रत्येक समूहको शीर्ष टोलीले आउँदो वर्ष आयोजना गरिने एएफसी यू–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १२:२०
प्रतिक्रिया दिनुहोस्