रीजाओ (चीन) । चीनले शनिबार बिहान आफ्नो स्मार्ट ड्र्यागन–३ (एसडी–३) नामक रकेटमार्फत गेली–०४ उपग्रह समूह (कन्स्टलेसन) सफलतापूर्वक पृथ्वीको कक्षमा पठाएको छ । यो प्रक्षेपण पूर्वी चीनको सान्दोङ प्रान्तको रीजाओ सहरनजिकै समुद्रबाट गरिएको हो ।
गेली–०४ मा साना–साना उपग्रह समावेश छन् । ती पृथ्वीको कक्षमा रहन्छन् । यी उपग्रहबाट सञ्चार, नेभिगेसन, मौसम पूर्वानुमान र वैज्ञानिक अनुसन्धानजस्ता क्षेत्रमा काम गर्ने उद्देश्य राखिएको छ । यस्तो उपग्रह समूहले पृथ्वी अवलोकन र डाटा संकलनमा सुधार ल्याएर विभिन्न सेवा र प्रविधिमा सटीकता र विश्वसनीयता बढाउँछ ।
चिनियाँ समयानुसार बिहान १२ः३१ बजे रकेट समुद्री प्रक्षेपणस्थलबाट आकाशतर्फ उडाइएको थियो । यो समुद्री प्रक्षेपण अभियानलाई ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रले सञ्चालन गरेको थियो ।
समुद्रबाट गरिएको यो सफल प्रक्षेपण चीनको बढ्दो प्राविधिक क्षमताको संकेत हो, जसले वैज्ञानिक अनुसन्धान, सञ्चार र सटीक स्थान निर्धारण प्रणालीमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ । रासस/सिन्ह्वा