site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विद्युत् व्यापारमा साढे चार अर्ब फाइदा : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई साढे चार अर्ब रुपैयाँ फाइदा भएको बताएका छन् । प्रधानमन्त्री ओलीले शनिबार (साउन २४) सामाजिक सञ्जालमार्फत नेपालले विद्युत्मा यो वर्ष साढे चार अर्ब फाइदा गरेको बताएका हुन् ।

“हामीले यस वर्ष साढे चार अर्ब फाइदा (आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात) गर्ने सफलता पाएका छौँ । हामीले विद्युत् आयात परिमाण घटाउँदै लगेका छौँ,” उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले अब उद्योगमा पनि विद्युत् प्रवाह बढाइएको जनाएका छन् । रासस

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  १४:४८
प्रतिक्रिया दिनुहोस्