site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनपीएल अक्सन : लक्की ‘ड्र’बाट जनकपुर पुगे आदित्य महता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति जारी अक्सनबाट जनकपुर बोल्ट्सले आदित्य महतालाई लक्की ‘ड्र’मार्फत पाएको छ ।

शनिबार (साउन २४) ललितपुरस्थित रोयल टुलिपमा भएको अक्सनमा ‘सी’ क्याटागोरीका आदित्यका निम्ति जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले अधिकतम मूल्य पाँच लाख रुपैयाँसम्म बोली लगाएका थिए । त्यसपछि लक्की ‘ड्र’ हुँदा जनकपुरले बाजी मारेको हो ।

एनपीएलको दोस्रो संस्करणका निम्ति कुल १६४ खेलाडी अक्सनको सूचीमा छन् । हालसम्म १५ खेलाडी बिक्री भएका छन् । आदित्य जनकपुरले अनुबन्ध गरेका दोस्रो खेलाडी हुन् ।

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  १९:००
प्रतिक्रिया दिनुहोस्