खेल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति जारी अक्सनमा विराटनगर किंग्सले नारायण जोशीलाई अनुबन्ध गरेको छ । शनिबार (साउन २४) ललितपुरस्थित रोयल टुलिपमा भएको अक्सनमा ‘बी’ क्याटागोरीका नारायणलाई विराटनगरले न्यूनतम मूल्य पाँच लाख रुपैयाँमा अनुबन्ध गरेको हो ।
एनपीएलको दोस्रो संस्करणका निम्ति कुल १६४ खेलाडी अक्सनको सूचीमा छन् । हालसम्म २० खेलाडी बिक्री भएका छन् ।
प्रकाशित मिति: शनिबार, साउन २४, २०८२ १९:५६
प्रतिक्रिया दिनुहोस्