site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनपीएल अक्सन : इमरान शेखले कर्णालीबाट खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति जारी अक्सनबाट कर्णाली याक्सले इमरान शेखलाई अनुबन्ध गरेको छ । शनिबार (साउन २४) ललितपुरस्थित रोयल टुलिपमा भएको अक्सनमा ‘सी’ क्याटागोरीका इमरानलाई कर्णालीले न्यूनतम मूल्य दुई लाख रुपैयाँमा अनुबन्ध गरेको हो ।

एनपीएलको दोस्रो संस्करणका निम्ति कुल १६४ खेलाडी अक्सनको सूचीमा छन् । हालसम्म २१ खेलाडी बिक्री भएका छन् ।

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  २०:१५
प्रतिक्रिया दिनुहोस्