site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनपीएल अक्सन : आकाश त्रिपाठी काठमाडौंमा अनुबन्धित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति जारी अक्सनबाट काठमाडौं गुर्खाजले आकाश त्रिपाठीलाई अनुबन्ध गरेको छ । शनिबार (साउन २४) ललितपुरस्थित रोयल टुलिपमा भएको अक्सनमा ‘बी’ क्याटागोरीका आकाशलाई काठमाडौंले सात लाख रुपैयाँमा अनुबन्ध गरेको हो । आकाशका निम्ति काठमाडौंसँगै लुम्बिनी लायन्सले पनि बोली लगाएको थियो ।

एनपीएलको दोस्रो संस्करणका निम्ति कुल १६४ खेलाडी अक्सनको सूचीमा छन् । हालसम्म २२ खेलाडी बिक्री भएका छन् ।

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  २०:१८
प्रतिक्रिया दिनुहोस्