site stats
बाह्रखरी :: Baahrakhari
खेल
अक्सनको पहिलो चरण समाप्त, २६ खेलाडीमाथि लाग्यो बोली

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति आयोजित अक्सनको पहिलो चरण सकिएको छ ।

शनिबार (साउन २४) ललितपुरस्थित रोयल टुलिपमा गरिएको अक्सनमा कुल १६४ खेलाडी समावेश थिए । उनीहरूमध्येबाट ३६ खेलाडी मात्र बिक्री भए । बाँकी १३८ खेलाडी ‘अनसोल्ड’ रहे । ‘अनसोल्ड’ रहेमा नेपाली क्रिकेटका लेजेन्ड शरद भेषवाकर पनि छन् ।

अब आठ टिमले ‘विस लिस्ट’बाट कोटामा बाँकी रहेका खेलाडीलाई अनुबन्ध गर्न पाउनेछन् । हालसम्म काठमाडौंबाहेक अरू सात टिमले अक्सनको निर्धारित कोटा पाँच खेलाडी अनुबन्ध गरिसकेका छैनन् ।

अक्सनका तीन क्याटागोरी थिए । क्याटागोरी ‘ए’मा नौ, ‘बी’मा ३७ र ‘सी’मा ११८ खेलाडी थिए ।

प्रतियोगिता आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि अक्सनका निम्ति १५० जनाको सूची सार्वजनिक गरेको थियो । शनिबार १४ खेलाडी थपिएका थिए ।

क्यानले आउँदो नोभेम्बरमा आयोजना गर्ने गरी यो प्रतियोगितालाई वार्षिक क्यालेन्डरमा राखेको छ । तर, हालसम्म यकिन मिति सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  २१:०८
प्रतिक्रिया दिनुहोस्