अर्थ व्यवसाय
1613887272.jpg)
काठमाडौं । नेपाली बजारमा आज सुन उच्च मूल्यबाट २०० रुपैयाँ घटेर कारोबार भएको छ । आज (साउन २५ गते) सुन एक लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पाँच रुपैयाँले बढेर प्रतितोला दुई हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला दुईहजार ३२५ रुपैयाँमा कारोबार भएको थियो
प्रकाशित मिति: आइतबार, साउन २५, २०८२ ११:३३
प्रतिक्रिया दिनुहोस्