site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नाइमा अटो एक्स्पो : एनटर्क डिस्क एफआई दुई नयाँ कलरमा

काठमाडौं । टीभीएस नेपालले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा एनटर्क डिस्क एफआई स्कुटरको नयाँ कलर भेरियन्ट सार्वजनिक गरेको छ । एनटर्क डिस्क एफआई स्कुटर स्टल नम्बर एल३ए, हल बीमा तर्कोइस ब्लु र नार्दो ग्रेका दुई कलर अप्सनमा सार्वजनिक गरिएको हो ।

अत्यधिक भीडका कारण सोमबारसम्म पुर्‍याइएको यो अटो शोमा ५० भन्दा बढी स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डले इलेक्ट्रिक गाडी (ईभी), हाइब्रिड र वातावरणमैत्री सवारीसाधन प्रदर्शनमा राखेका छन् ।

आधुनिक यात्रीलाई ध्यानमा राखी डिजाइन गरिएको एनटर्क डिस्क एफआईमा स्मार्ट प्रविधि र पफर्मेसलाई संयोजन गरिएको छ । परिष्कृत १२४.८ सीसीको ३–भल्भ फ्युल–इन्जेक्टेड इन्जिनले यो स्कुटरलाई सहज र शक्तिशाली बनाएको कम्पनीको दाबी छ ।

यसले करिब ४५ किलोमिटर प्रतिलिटरको माइलेज दिन्छ । रेसिङ शैलीबाट प्रेरित यसको आकर्षक डिजाइन र टी–आकारको एलईडी टेल ल्याम्पले नेपाली सडकमा सबैको ध्यान आकर्षण गरिरहेको छ ।

नेपाली बजारका निम्ति दुई लाख ८२ हजार ९०० रुपैयाँ मूल्य  निर्धारण गरिएको नयाँ एनटर्क डिस्क एफआई भेरियन्टमा यो सेगमेन्टमै अगाडि रहने विशेषता समावेश गरिएको थियो ।

यसमा स्मार्ट एक्स कनेटअन्तर्गत ब्लुटुथ कनेक्टिभिटी, नेभिगेसनसहितको डिजिटल मिटर, यूएसबी चार्जिङ पोर्टलगायत सुविधा छ ।

स्कुटरको शैली, सुरक्षा र स्मार्ट फिचरको समायोजनले यसलाई आफ्नो क्लासमा एक उत्कृष्ट विकल्प बनाएको कम्पनीको दाबी छ ।

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १३:५७
प्रतिक्रिया दिनुहोस्