site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोमामा रहेको सार्क फर्किने/नफर्किने ठेगान छैन तर आवश्यक छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) पुनः सक्रिय हुनेमा आशंका व्यक्त गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन् ।

दक्षिण एसियामा सार्कको महत्त्व धेरै रहेको बताउँदै उनले अहिले कोमामा रहेको टिप्पणी गरे । उनले अब फर्किने हो वा होइन ठेगान नभएको आशंका व्यक्त गरे । विगतमा सार्कमा पनि काउन्टर टेरेरिजमको कुरा उठेको बताए । आतंकवादी गतिविधिलाई समाप्त गर्ने च्यानल आवश्यक रहेको उनको भनाइ छ । 

"साउथ एसियामा, सार्कमा पनि काउन्टर टेरेरिजमको कुरा उठेको हो । टेरेस प्रोटेक्सन फर द ट्यारिजम भनेर कुरा उठेकै कुरा हो । सार्क कोमामा गइसकेको छ । फर्किने हो की होइन ठेगान छैन, लामो समयदेखि । तर यसको आवश्यकता छ," उनले भने । 

अध्यक्ष यादवले आतंकवादी गतिविधि नियन्त्रण गर्न आर्थिक सहयोग कसैले पनि गर्न नहुने बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १६:५३
प्रतिक्रिया दिनुहोस्