विदेश
क्लोरिन ग्यास चुहावटका कारण इराकको कर्बलामा ६०० भन्दा बढी अस्पताल भर्ना
काठमाडौं । इराकको कर्बलामा क्लोरिन ग्यास चुहावटका कारण ६०० भन्दा बढी तीर्थयात्रीहरूलाई अस्पताल भर्ना गरिएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार, यो घटना इराकका दुई पवित्र सहरहरू नजफ र कर्बलाबीचको क्षेत्रमा भएको हो । बीबीसीका अनुसार, यी व्यक्तिहरूलाई सास फेर्न गाह्रो भएको थियो ।
स्थानीय प्रशासनले जनाएअनुसार, नजफ–कर्बला सडकमा रहेको पानी प्रशोधन प्लान्टबाट क्लोरिन गैस चुहावट हुँदा यो घटना भएको थियो ।
इराकको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कर्बलामा क्लोरिन ग्यास चुहावटका कारण ६२१ जनामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ । सबैलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गरिएको र सबैजना सकुशल अस्पतालबाट डिस्चार्ज भएका छन् ।”
प्रकाशित मिति: आइतबार, साउन २५, २०८२ २१:४१
प्रतिक्रिया दिनुहोस्