देश
स्यालले टोक्दा तीनजना घाइते
दार्चुला । दार्चुलामा स्यालले टोक्दा तीनजना घाइते भएका छन् । स्यालले टोक्दा व्याँस गाउँपालिका–६, बसेडीका ७० वर्षीय गणेशदत्त भट्ट, ५१ वर्षीया धौली भट्ट र ७५ वर्षीया च्याउलीदेवी भण्डारी घाइते भएका हुन् ।
व्याँस–६, खातीगाउँस्थित ग्रामीण स्वास्थ्य एकाइ केन्द्रमा घाइतेको प्राथमिक उपचार गरिएको थियो । थप उपचारका निम्ति जिल्ला अस्पताल खलंगा ल्याइएको थियो ।
यहाँ पनि रेबिजविरुद्धको खोप उपलब्ध नभएपछि तीनैजनालाई उपचारका निम्ति धनगढी ‘रेफर’ गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिए ।
आइतबार (साउन २५) साँझ घरनजिकै घाँस काट्ने क्रममा स्यालले उनीहरूलाई टोकेको स्थानीय केशरसिंह खातीले बताए । रासस
प्रकाशित मिति: सोमबार, साउन २६, २०८२ १३:३०
प्रतिक्रिया दिनुहोस्