site stats
बाह्रखरी :: Baahrakhari
खेल
मेसीबिना मियामीको फराकिलो हार

काठमाडौं । नियमिता कप्तान लियोनल मेसीबिनै मैदान उत्रिएको इन्टर मियामीले मेजर सकर लिग (एमएलएस)को खेलमा ओर्लान्डो सिटीविरुद्ध ४–१ को हार बेहोरेको छ । 

सोमबार बिहान घरेलु मैदानमा सम्पन्न खेलमा ओर्लान्डो सिटीलाई जित दिलाउन लुइस मुरिएलले दुई गोल गरे । यस्तै, मार्टिन ओजेडा र मार्को पासालिचले समान एक–एक गोल थपे । मियाीका यानिक ब्राइटले एक गोल फर्काएका थिए ।

मेसीबिना मियामीको यो दोस्रो खेल हो । मियामीले यसअघि नियमित कप्तानको अनुपस्थितीमा लिग्स कपअन्तर्गत पुमासर युनामविरुद्ध ३–१ का जित निकालेको थियो । 

एमएलएस इस्र्टन रिजनमा मियामी छैटौँ स्थानमा छ । मियामीले २३ खेल खेल्दा ४२ अंक जोडेको छ । मियामीविरुद्ध सहज जित निकालेको ओर्लान्डो सिटी तालिकाको चौथो स्थानमा छ । ओर्लान्डोले २६ खेलबाट ४७ अंक जोडेको छ ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १३:५५
प्रतिक्रिया दिनुहोस्