site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संघीय संसद्का दुवै सदनको बैठक बस्दै (कार्यसूचीसहित)
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्नेछ । 

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०/०८१’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगंगाा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

बैठकमा शोक प्रस्ताव पनि प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ । 

राष्ट्रियसभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सभासमक्ष पेस गर्नेछन् । 

संविधानसभा सदस्य एवं पूर्वराज्यमन्त्री खड्गबहादुर बस्यालको निधनप्रति शोक प्रस्ताव प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  ०६:३२
प्रतिक्रिया दिनुहोस्