site stats
बाह्रखरी :: Baahrakhari
खेल
रास्पाडोरी एट्लेटिकोमा अनुबन्धित

काठमाडौं । ला लिगाको एट्लेटिको मड्रिडले इटालियन क्लब नापोलीका फरवार्ड जियाकोमो रास्पाडोरीलाई भित्र्याएको छ । एट्लेटिकोले सोमबार रास्पाडोरीलाई पाँच वर्षका निम्ति अनुबन्ध गरिएको जनाएको छ ।

एट्लेटिकोले अनुबन्ध रकमबारे केही खुलाएको छैन । स्पेनका स्थानीय सञ्चारमाध्यमले भने २६ मिलियन युरोमा रास्पाडोरीलाई क्लबले अनुबन्ध गरेको जनाएका छन् ।

रास्पाडोरीलाई नापोलीले सन् २०२२ मा लोनमा भित्र्याएको थियो । क्लबले पछि सन् २०२३ मा रास्पाडोरीलाई स्थायी खेलाडीका रूपमा अनुबन्ध गरेको थियो । नापोलीबाट उनले दुई वर्ष खेले । त्यसक्रममा ८८ खेल खेल्दा १३ गोल गरेका छन् ।

रास्पाडोरी इटाली राष्ट्रिय टोलीका सदस्य समेत हुन् । उनले इटालीबाट सन् २०२० को युरो कप खेलेका थिए । इटालीबाट ४० खेल खेल्दा उनले नौ गोल गरेका छन् ।  

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १२:३१
प्रतिक्रिया दिनुहोस्