site stats
बाह्रखरी :: Baahrakhari
खेल
स्पेन युरोको फाइनलमा हारेपछि जिम्मेवारी छाड्दै मुख्यप्रशिक्षक टम

काठमाठौं । स्पेनिस राष्ट्रिय महिला टिमकी मुख्यप्रशिक्षक मोन्ट्से टमले राजीनामा दिने भएकी छन् । सोमबार स्पेनिस फुटबल संघ (आरएफईएफ)ले प्रशिक्षक टमले टिमसँगको सम्झौता समाप्त भएसँगै जिम्मेवारी छाड्ने जनाएको हो । प्रशिक्षक टमको सम्झौता आगामी अगस्ट २१ सम्म छ । 

“प्रशिक्षक टमले राष्ट्रिय टोलीको जिम्मेवारीमा रहँदा उनले देखाएको समर्पण, व्यावसायिकता र मिहिनेतप्रति धन्यवाद व्यक्त गर्दछ,” स्पेनिस फुटबल संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

टम दुई वर्षअघि सन् २०२४ मा टिमको प्रशिक्षकमा नियुक्त भएकी थिइन् । त्यसअघि, उनी राष्ट्रिय टोलीको सहायक प्रशिक्षक थिइन् । 

टमको नेतृत्वमा स्पेनीस महिला टिमले सन् २०२३–२०२४ को उपाधि जितेको थियो । टमको प्रशिक्षणमा स्पेनले यो वर्ष पनि युरोपियन च्याम्पियनसिपको फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, उपाधि भिडन्तमा इंग्ल्यान्डसँग पेनाल्टी सुटआउमा पराजित भएपछि स्पेनले उपविजेतामा चित्त बुझाएको हो ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १६:२८
प्रतिक्रिया दिनुहोस्