site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मध्य पहाडी लोकमार्ग जागरण अभियान भदौ १५ गतेदेखि फेरि सुरु गर्दै माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले मध्य पहाडी लोकमार्ग जागरण अभियान भदौ १५ गतेदेखि सुरु गर्ने तयारी गरेको छ । बाह्रखरीसँग कुराकानी गर्दै माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भदौ १५ गते लमजुङबाट अभियान सुरु गर्ने तयारी गरेको बताए । लमजुङदेखि अभियान सुरु गरेर ताप्लेजुङसम्म पुर्‍याउने उनले जानकारी दिए । 

राज्यका निकाय नफामुखी, अराजक बनेको र संसद्को साख समेत गिरेको ठहर गर्दै माओवादी केन्द्रले जनतासमक्ष यसको भण्डाफोर गर्ने तयारी गरेको छ । रणनीतिक रूपमै जनतामा पुग्ने लक्ष्यका साथ प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले भदौ १५ गतेदेखि मध्य पहाडि लोकमार्ग जागरण अभियान फेरि सुरु गर्ने भएको हो ।

सदनमा संघर्ष जारी राखेको माओवादी केन्द्रले सडकबाट पनि संघर्ष गर्ने उनले बताए । 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १३:३६
प्रतिक्रिया दिनुहोस्