site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी प्रदेशबाट विधानमा सुझाव दिन भण्डारीको संयोजकत्वमा कार्यदल

विराटनगर । विधान महाधिवेशनमा समेट्नु पर्ने विभिन्न विषयमा सुझाव संकलन गर्न नेकपा एमाले कोसी प्रदेशले सचिव राजकुमार भण्डारीको सयोजकत्वमा दश सदस्यीय कार्यदल गठन गरेको छ । 

मंगलबार र बुधबार धनकुटाको हिलेमा भएको प्रदेश कमिटीको बैठकले विधानका विषयमा मातहतका कमिटीबाट सुझाव संकलन गरेर केन्द्रमा पठाउन कार्यदल बनाएको घनश्याम खतिवडाले जानकारी दिए । 

खतिवडाका अनुसार कार्यदलमा अनन्त साँवा (ताप्लेजुङ), प्रेम गीरी (झापा), इन्द्रमणी पराजुली (धनकुटा) खड्ग राई (संखुवासभा), इश्वरमणी राउत (उदयपुर), सत्यनारायण चौधरी (मोरङ) रहेका छन् । सृजना राई (भोजपुर), राजन ढकाल (खोटाङ) र सोम पोर्तेल (झापा) रहेका छन् 

भदौ ३ गते देखि प्रदेशका १४ वटै जिल्लामा जिल्ला कमिटी बैठक राखिएका छन् । एकसाताभित्र आयोजना हुने बैठकमा विधान संसोधनका विषयमा बहस हुने र प्राप्त सुझावलाई प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा पठाउने तयारी छ ।

जिल्लाका बैठकहरूमा साउन ६ गते सकिएको केन्द्रीय कमिटीको बैठकका निर्णय र त्यसपछि जारी भएको अन्तरपार्टी निर्देशन १२ सँग नबाजिने गरी छलफल गरिनेछ । 
 

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  ०९:१०
प्रतिक्रिया दिनुहोस्