site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य, यी हुन् मन्त्रिपरिषद्का निर्णय
मन्त्रिपरिषद् बैठकको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । सरकारले चालु आर्थिक वर्षका निम्ति वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

बिहीबार (साउन २९) सिंहदरबारमा साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्वा गुरुङले मोटा धानको प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा न्यूनतम समर्थन मूल्य तोकिएको जानकारी दिए । मध्यम धानको प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसा न्यूनमत समर्थन मूल्य तोक्ने निर्णय गरिएको उनले बताए ।

मन्त्रिपरिषद्ले दक्षिण कोरिया सरकारबाट गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकास परियोजनाका निम्ति प्राप्त हुने ९० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त विज्ञ सदस्य पदमा डा. रमेशप्रसाद चौलागाईलाई नियुक्त गरिएको छ ।

यस्तै, नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकिएको छ ।

मन्त्रिपरिषद्ले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृत गर्ने निर्णय समेत गरेको उनले बताए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १४:४३
प्रतिक्रिया दिनुहोस्