site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालले अस्ट्रेलियामा थप तीन अभ्यास खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा टप एन्ड टी–२० शृंखलापछि अरू तीन अभ्यास खेल खेल्ने भएको छ ।

नेपालल अगस्ट २६ मा क्रिकेट एसीटीसँग पहिलो, अगस्ट  २८ मा साउथ अस्ट्रेलियासँग दोस्रो र अगस्ट ३० मा पुनः साउथ अस्ट्रेलियासँग खेल्ने छ ।

त्यसअघि, नेपालले टप एन्ड टी–२० शृंखलामा प्रतिस्पर्धा गर्नेछ । नेपालले यस प्रतियोगितामा भोलि (शुक्रबार) नर्दन टेरिटोरीसँग खेल्दैछ । त्यसपछि नेपालले अगस्ट १६ मा बंगलादेश ‘ए’सँग, अगस्ट १८ मा मेलबर्न स्टार्ससँग, अगस्ट १९ मा होबर्ट हुरिकेन्ससँग, अगस्ट २० मा मेलबर्न रेनेगार्ड्ससँग र अगस्ट २२ मा पाकिस्तान साहिन्ससँग खेल्ने तालिका छ । पाकिस्तानी साहिन्स पाकिस्तानको ‘ए’ टोली हो ।

आईसीसी टी–२० विश्वकप छनोटका तयारीस्वरूप नेपालले यी दुई प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएको हो । नेपाली टिमलाई यी प्रतियोगिताका निम्ति नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरिसकेको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १४:५५
प्रतिक्रिया दिनुहोस्