site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संघीयता, लोकतन्त्र र गणतन्त्र अझै खतरामुक्त भइसकेका छैनन् : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले संघीयता, लोकतन्त्र र गणतन्त्र अझै खतरामुक्त भइनसकेको बताएका छन् । बिहीबार जसपा र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा अहिले पनि संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने कोसिस भइरहेको बताए ।

उनले गणतन्त्रमाथि धावा बोल्ने प्रवृत्तिको अन्त्य गर्दै व्यवस्थाको सुदृढीकरणका लागि आवश्यक सुधारका कामहरू गर्न जरुरी रहेको उल्लेख गरे । सबै समुदायलाई लोकतान्त्रिक अभ्यासमा सहभागी गराउँदै वर्तमान व्यवस्था र संघीयतालाई सुरक्षित गर्नुपर्नेमा जोड दिए ।

"अहिले पनि हाम्रो मुलुकमा संघीयता, लोकतन्त्र र गणतन्त्र तीनवटै क्षेत्रमा प्रहार गर्ने शक्तिहरू कायमै छन् । यो खतराबाट मुक्त भइसकेको अवस्था छैन । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि अहिले पनि धावा बोल्ने अवस्थाहरू छँदैछन् । त्यसकारण त्यसको संरक्षण र कमीहरू हटाउँदै जानुपर्छ," उनले भने । 

उनले जनता समाजवादी पार्टी विचार मिल्ने सबै राजनीतिक दलहरूसँग पार्टी एकता र कार्यगत एकता गर्न तयार रहेको पनि बताए ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  २०:३०
प्रतिक्रिया दिनुहोस्