site stats
बाह्रखरी :: Baahrakhari
देश
महाकाली नदीमा बाढी, बनबासा पुलमा चार पांग्रे सवारीसाधन आवतजावतमा रोक

काठमाडौं । महाकाली नदीमा पानीको बहाव बढेपछि चार पांग्रे सवारी साधन आवतजावत बन्द गरिएको छ । 

गएराति ११ बजे महाकाली नदीमा एक लाख २६ हजार ७१२ क्युसेक पानी मापन गरिएको थियो । पानीको बहाव बढेपछि नेपाल–भारत सीमानाकामा रहेको महाकाली नदीको बनबासा पुलमा चार पांग्रे सवारी साधन आवतजावत बन्द गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

दुई पांग्रे सवारी साधन र मानिस आवतजावत गर्न भने रोक लगाइएको छैन । आज बिहान ७ बजे महाकाली नदीमा एक लाख नौ हजार ६२० क्युसेक पानी रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  ०८:४६
प्रतिक्रिया दिनुहोस्