site stats
बाह्रखरी :: Baahrakhari
खेल
राष्ट्रिय महिला फुटबल खेलाडीले चार महिनादेखि पाएनन् पारिश्रमिक
फाइल तस्बिर ।

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली पछिल्लो चार महिनादेखि पारिश्रमिकविहीन बनेको छ । चार महिनादेखि पारिश्रमिक नपाएपछि नेपाली राष्ट्रिय महिला टिमका सदस्यहरूले बिहीबार दिउँसो अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष र महासचिवसँग यसबारे कुराकानी गरेका छन् ।

“यो साउनको अन्तिममा तलब नपाएको चार महिना पुगिसक्यो । सधैँ यस्तै हुन्छ । हाल्दिन्छौँ भन्छन्, तर एकैपटक बाँकी सबै पारिश्रमिक दिँदैनन्,” राष्ट्रिय टिमकी एक सदस्यले बाह्रखरीसँग भनिन् । 

बिहीबार एन्फासँगको छलफलमा कप्तान सावित्रा भण्डारी (साम्बा)सहित करिब एक दर्जन खेलाडी सहभागी थिए ।

“तलब नआउँदा खर्च चलाउनै मुस्किल बनिसक्यो । एन्फासँगको छलफलमा हाम्रो तलबसँगै अध्यक्ष र महासचिव सरले सावित्रा, एन्जिला र अञ्जनाको बारेमा पनि कुरा गर्नुभयो,” राष्ट्रिय टिमकै अर्की सदस्यले भनिन् ।

खेलाडीहरूका अनुसार, राष्ट्रिय टिमले पछिल्लोपटक एएफसी महिला एसियन कप–२०२६ क्वालिफायर खेल्नुअघि दुई महिनाको पारिश्रमिक पाएको थियो । त्यसयता साउनसम्म चार महिनादेखि पारिश्रमिकविहीन बनेको हो ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १३:४३
प्रतिक्रिया दिनुहोस्