राजनीति
रास्वपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण भैरहवामा

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरु भएको छ । भैरहवामा शुक्रबार र शनिबार हुने प्रशिक्षणको उद्घाटन पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले गरे ।
उद्घाटन कार्यक्रममा उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रदेश इन्चार्ज तथा सहमहामन्त्री विपीन आचार्य, प्रवक्ता मनिष झा, सांसद सुमना श्रेष्ठ र सांसद तोसिमा कार्कीलगायत उपस्थित छन् ।
प्रशिक्षणका क्रममा वाग्लेले पार्टीको अर्थराजनीतिक धार, प्रवक्ता झाले पार्टीको अभियान, केन्द्रीय सदस्य कार्कीले उमदवारीको तयारी र श्रेष्ठले सुशासनबारे प्रशिक्षण दिने कार्यक्रम रहेको प्रवक्ता झाले बताए ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२ १४:०८
प्रतिक्रिया दिनुहोस्